असारे पन्ध्रको रौनक: ‘कतै फुटबल, कतै डोरी तान्ने कम्पिटिसन’ (फोटो फिचर)

कास्की | असार १५, २०७९

असारे पन्ध्रको रौनक: ‘कतै फुटबल, कतै डोरी तान्ने कम्पिटिसन’ (फोटो फिचर)

पोखरा:   पोखरा महानगरपालिका २५ हेमजा  माइस्थानस्थित झण्डै १० रोपनी फाँटको असारे हिलोमा बुधबार विद्यार्थी देखि विदेशी पाहुना रमाए । 

 

रोपाइ जात्रामा विभिन्न माहौल देखियो । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, डोरी तान्ने प्रतियोगिता र हिलो दौड प्रतियोगिताकै कारण पोखराको असारे पन्ध्र विशेष बन्यो ।

 

यस्तो माहौल पोखरामा विगत १७ वर्षदेखि पोखरा पर्यटन परिषद्ले जुराउदै आएको छ । तर गत २ वर्ष भने कोरोना भाइरसको कारण रोपाई जात्राको माहौल जुरेन ।  यसपटक आन्तरिक र वाह्य पर्यटकले खुलेरै रोपाई महोत्सवकाे मजा लिए । 

 

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सवमा स्थानीय तथा वाह्य पर्यटक गरेर झण्डै १० हजार बढीको सहभागिता रहेको थियो । १७ तस्बिरमा हेरौं असारे पन्ध्रको रौनक:-

 

तस्बिर: गिता रानामगर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्